काठमाडौं । नेकपा एमालेको जारी एघारौं महाधिवेशन अन्तर्गत दुई समूहबीच प्रतिस्पर्धा हुँदैछ । आज साँझबाट मतदान शुरु हुने र भोलि दिउँसोसम्म मतदान हुने बताइएको छ । विद्युतीय मतदान हुने र उम्मेदवार धेरै भएकाले मतदान गर्न धेरै समय लाग्ने बताइएको छ ।
पार्टीको आगामी नेतृत्वका लागि अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् ।
निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । दुवे समुहले आआफ्नो प्यानलका उम्मेदवारहरूको छुट्टाछुट्टै सूची सार्वजनिक गरेका छन् ।
मार्गदर्शनन्यूजडटकमले आज महाधिवेशन स्थलमा गरेको मतसर्वेक्षण र एआई प्रविधिको प्रयोग गरि गरिएको सर्वेक्षण अनुसार पदाधिकारीमा केपी ओली प्यानल नै निर्वाचित हुने र केन्द्रीय सदस्यहरुमा ६० प्रतिशत, पोखरेल प्यानलबाट ३५ प्रतिशत र १५ प्रतिशत स्वतन्त्र उम्मेदवारले जित्ने देखिएको छ । मतान्तर भने निकै कम हुने देखिएको छ । पदाधिकारीमा १५० देखि ३०० सम्म मात्र अन्तर पर्ने देखिएको छ ।
मतदान राति ८ बजेबाट शुरु हुने बताइएको छ । दिउँसो ३ बजे उम्मेदवारको संशोधित र अन्तिम नामावली प्राप्त भएकाले इन्ट्रि गर्न समय लागेको विद्युतीय मतदान उपकरणका सेवा प्रदायक रामलक्ष्मणका रामले बताएका छन् ।
तीन नाम मेसिनमा सेट गरेर मतदानयोग्य बनाउन ४ देखि ५ घण्टा लाग्ने उनको भनाइ छ । ८० वटा मेसिनमा ती नाम राख्नुपर्ने कारण त्यत्रो समय लाग्ने भएको हो । अब भोटिङ राति ८ तिर शुरु गरेर रातभरिमा सिध्याउने प्रयास रहेको उनले बताए ।
एमाले महाधिवेशनका २२६३ प्रतिनिधिमध्ये एक पटकमा ८० जनाले विभिन्न विद्युतीय उपकरणमा मतदान गर्ने व्यवस्था मिलाइएको रिमालले बताए । २२६३ जनाले ८० वटा उपकरणमा मतदान गर्दा २९ देखि ३० पटकसम्ममा सबैको पालो आउँछ । तर, एकजनालाई ३० देखि ३५ मीनेट समय लाग्ने अनुमान रिमालको छ । यदि त्यस्तो भयो भने १६ देखि १७ घण्टा समय लाग्छ । यदि ८ बजे नै शुरु भयो भने सकिँदा भोलि दिउँसो १२ देखि १ सम्म बज्नसक्ने बताइएको छ ।
























