६४ दलले बुझाए समानुपातिक बन्दसूची, ११० सिटका लागि ३४२४ उम्मेदवारबीच प्रतिस्पर्धा
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६४ वटा राजनीतिक दलले समानुपातिक प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन आयोगमा दर्ता भएका १०० दलमध्ये सोमबार र मंगलबारसम्म जम्मा ६४ दलले मात्रै समानुपातिक उम्मेदवारको सूची पेस