काठमाडौं । निर्वाचन आयोगमा जेनजी युवाहरुले प्रदर्शन गरेका छन्। निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्न राजनीतिक दलहरु पुगिरहेको समयमा जेनजीले प्रदर्शन गरेका हुन्।
निर्वाचन प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोग भित्रै जेनजी युवाहरुको प्रदर्शन गरेका हुन्।
उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। उनीहरुले निर्वाचन धोका हो, जेनजीका माग पूरा गर, प्रधानमन्त्री सुशीला कार्की राजीनामा दे, प्रधानमन्त्री सुशीला कार्की मूर्दावाद जस्ता नारा लगाएका छन्। उनीहरुले निर्वाचन नमान्ने धारणा राखेका छन्।
आयोगले समानुपातिकको बन्दसूची आज पेश गर्ने समयसीमा तोकेको छ। हालसम्म ९ दलमात्र दर्ता भएका छन्।

























