काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । घिसिङ वार्तामा बसिरहेको समयमा उज्यालो नेपाल पार्टी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन आयोगमा पुगेको हो ।
उज्यालो नेपालका एक केन्द्रीय सदस्यले रास्वपा लगायतका दलसँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाएको जानकारी दिए ।
निर्वाचन आयोगका अनुसार हालसम्म ७ वटा दलले दर्ता गएका छन् भने बाँकी प्रक्रियामा रहेका छन्। पहिले नेमकिपाले दर्ता गराएको थियो ।

























