काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन साह र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एउटै दल भएर निर्वाचनमा जाने भएका छन् ।
सोमबार उर्जा मन्त्री कुलमान घिसिङ र रास्वपा रवि लामिछानेबीच भेटवार्तापछि दुवै एउटै दलबाट निर्वाचनमा जान सहमत भएको द काउन्सिल अफ जेन जेडका संयोजक सुदन गुरुङले जानकारी दिए ।
समानुपातिक तर्फको बन्द सूची बुझाएर तीनै जना एक भएर अघि बढ्न सहमत भएका हुन् । गुरुङले भने, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाइ छोडिम र इतिहासले सम्झनेछ। रवि, बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।’

























