सर्वोच्चको आदेश उल्लङ्घन गरेको आरोपमा प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलनाको रिट
काठमाडौं । राजदूत फिर्ता बोलाउने सरकारी निर्णय सर्वोच्च अदालतले यथास्थितिमा राख्न दिएको आदेश कार्यान्वयन नगरेको आरोपमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट दर्ता भएको छ। सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीविरुद्ध दायर भएको यो पहिलो रिट हो। अधिवक्ता प्रेम सिलवालले दायर