काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । उक्त मुद्दा आजको सूचीमा १२औँ नम्बरमा परेको छ ।
यसअघि चैत १ गते पेसी चढे पनि पालो नआएपछि सुनुवाइ स्थगित भएको थियो । दिन रिट दायरकर्ता पूर्व उपसभापति पूर्णबहादुर खड्का बहसका लागि अदालत पुगेका थिए ।
आज भने दुवै पक्षका कांग्रेस नेताहरू अदालतमा उपस्थित हुने भएका छन् । १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा कार्यसमितिका उपसभापति खड्का र विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले आआफ्नो तर्फबाट बहस गर्ने बताइएको छ ।
विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भई निर्वाचन आयोगबाट मान्यता पाएपछि असन्तुष्ट पक्षका खड्काले थापा, शर्मा र निर्वाचन आयोगलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।




















