काठमाडौं । सर्वोच्च अदालतले सरुवा निर्णय बदर गरी नेपाल विद्युत् प्राधिकरणमा फर्काउने आदेश दिएपछि हितेन्द्रदेव शाक्य पुनः कार्यकारी निर्देशकका रूपमा पदबहाली भएका छन् ।
अदालतले शाक्यलाई प्राधिकरणमै हाजिर भई नियमित कार्य सम्पादन गर्न निर्देश गरेपछि उनी आज प्राधिकरण पुगेर पद वहाली भएका हुन ।
ऊर्जामन्त्री बनेसँगै कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेका थिए। सो निर्णयविरुद्ध शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए।
अदालतले शाक्यलाई कार्यकारी निर्देशकबाट हटाई ऊर्जा आयोगमा पदस्थापन गर्दा आवश्यक मञ्जुरी नलिएको भन्दै निर्णय प्रक्रियामै त्रुटि रहेको उल्लेख गरेको छ।
























