काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। एमाले नेता महेश बर्तौला तथा सुनिता बरालले मंगलबार पेश गरेको रिट सर्वोच्च प्रशासनले दर्ता गरेको पुष्टि गरेको छ।
यस प्रकरणको सुनुवाइका लागि मंसिर १७ गते पेशी तोकिएको सर्वोच्चले जनाएको छ।
जेनजी आन्दोलनका घटनाक्रमपछि भदौ २३ र २४ गतेकाे दबाबमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राजिनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसअनुसार भदौ २७ गते सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए।
अन्तरिम सरकारकाे सिफारिसअनुसार प्रतिनिधिसभा विघटन गरिएको थियो। सो विघटनलाई असंवैधानिक ठहर गर्दै एमालेले निरन्तर विरोध गर्दै आएको छ।
























