जेनजी आन्दोलनमा बल प्रयोग गर्न प्रधानमन्त्री र गृहमन्त्रीले आदेश दिइएको थिएन : रमेश लेखक
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफू वा प्रधानमन्त्रीले कुनै आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन्। सोमबार जेनजी आन्दोलन जाँचबुझ आयोगसमक्ष दिएको लिखित बयानमा लेखकले बल प्रयोगसम्बन्धी आदेश दिने अधिकार गृहमन्त्रीलाई नै नभएको स्पष्ट पारेका छन्।