काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक हिरासतबाट मुक्त भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाउँदै हाजिरी जमानीमा रिहा गरिएको हो।
जेनजी आन्दोलनसँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका लेखक १३ दिनपछि हिरासत मुक्त भएका हुन्।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले कारबाही सिफारिस गरेको आधारमा उनी पक्राउ परेका थिए।
यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि हिरासतबाट रिहा भइसकेका छन्।



















