सदनमा हर्क साम्पाङको प्रश्न : “यो सरकारमा प्रधानमन्त्री छन् कि छैनन् ? छन् भने सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन ?
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले प्रतिनिधिसभामा प्रधानमन्त्रीको भूमिकामाथि प्रश्न उठाउँदै सरकारमा प्रधानमन्त्रीको उपस्थिति नै अस्पष्ट भएको टिप्पणी गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सदनलाई सम्बोधन नगरेको, सांसदका प्रश्नको जवाफ नदिएको विषय