काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादलाई कूटनीतिक संवाद र आपसी छलफलमार्फत समाधान गरिने बताएका छन्।
प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले दुवै देशबीच सीमा सम्बन्धी विषयमा गम्भीर छलफल आवश्यक रहेको उल्लेख गरे।
प्रधानमन्त्री शाहले आफू प्रधानमन्त्री बनेपछि प्राप्त जानकारीअनुसार भारतले मात्र नभई नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको अवस्था रहेको दाबी गरे।
उनले भने, “म प्रधानमन्त्री भएपछि थाहा पाएको हो, भारतले मात्र होइन नेपालले पनि केही ठाउँमा भारतको जग्गा मिचेको रहेछ। यो विषयमा दुवै पक्ष बसेर तथ्यका आधारमा हेर्नुपर्नेछ।”
सीमा विवाद जस्ता संवेदनशील विषयलाई टकरावको नभई संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले नेपाल र भारतबीचको मिचिएको सीमासम्बन्धी विषय ‘टेबल टक’ अर्थात् औपचारिक वार्तामार्फत टुंग्याइने बताए।


















