प्रतिनिधिसभामा आज पनि विपक्षीको विरोध, शैली परिवर्तन गर्न सभामुखको आग्रह
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा बिहीबार पनि विपक्षी दलहरूले विरोध जनाएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार विरोध जारी राखेका हुन्। बैठक सुरु भएको घोषणा लगत्तै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए।