काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्।
मंगलबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललाई ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्न समय दिएका थिए।
मन्त्रीले प्रस्ताव पेश गर्न थालेलगत्तै विपक्षी दलका सांसदहरू उठेर विरोधमा उत्रिएका हुन्। उनीहरूले प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रमको मिति तय नभएसम्म संसद्मा विरोध जारी राख्ने चेतावनी दिएका छन्।
विपक्षीको विरोधका वीच केही समय वैठक चलाए पछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका छन् ।




















