गृहमन्त्री लेखकले विपक्षीलाई भने : राजीनामा होइन, संसदमै जवाफ दिने वातावरण बनाउनुहोस्
काठमाडौं । भिजिट भिसा प्रकरणले देशको राजनीति तातेका बेला गृहमन्त्री रमेश लेखकले आफू राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले संसदमा उपस्थित भई सबै सांसदका प्रश्नको जवाफ दिने बताउँदै त्यसका लागि विपक्षी दललाई आवश्यक वातावरण बनाइदिन आग्रह गरेका छन् ।