काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार नै सरकार अघि बढ्ने बताउँदै अब १०–१० महिनामा परिवर्तन नहुने बताएका छन् ।
बिहीबार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोग र द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालले आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले भने ‘म मन्त्री बनेको १० महिना भइसक्यो, फेरि १० महिना धेरै पनि होइन,’ लेखकले भने, ‘धेरै यसकारण होइन की पहिला पहिला १०/१० महिनामा सरकार फेरिन्थ्यो, त्यसो भएको हुनाले पूरै एक सरकारको कार्यकाल जस्तो लाग्थ्यो। यसपालि दशै महिनामा फेरिँदैन । यस्ता १० महिना हामी तीन/ चार वटा अरु व्यहोर्छौं ।’
गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायका सम्बन्धमा कानुनलाई पूर्णता दिएको पनि बताएका छन् ।