काठमाडौं । कांग्रेसका शीर्ष नेतृत्व र प्रधानमन्त्रीबीच भएको छलफलले गृहमन्त्रीको राजीनामा असम्भव रहेको निष्कर्ष निकालेको छ ।
आज बस्ने प्रतिनिधिसभा वैठकमा गृहमन्त्री रमेश लेखकले सदन भित्र र वाहिर आफूमाथि उठेका विषयमा जवाफ दिने र त्यसका लागि सभामुखसमक्ष समय माग्ने बैठकमा सहभागी एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक साथै एमालेबाट मुख्य सचेतक बर्तौला उपस्थित थिए ।
हिजो प्रतिपक्षले बैठक स्थगित गर्न आग्रह गरेको बताउँदै वर्तौलाले विपक्षीहरुले नमाने पनि गृहमन्त्रीले आज सदनमा बोल्ने बताएका छन् ।
भिजिट भिसा प्रकरणमा भएका कुरा के हो भन्ने गृहमन्त्रीले सदनबाट जवाफ दिने समय व्यवस्थापनका लागि सभामुखलाई आग्रह गरिने बर्तौलाले बताएका छन् ।
























