काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ ।
आज बिहान बसेको पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।
‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’ बैठकपछि प्रवक्ता सापकोटाले सञ्चारकर्मीसँग भने ।
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री लेखकले राजीनामा दिनुपर्ने ठहर वैठकले गरेको भन्दै प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’
























