काठमाडौं । विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने निर्णय गरेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठकमा आफ्नो अडानबाट ब्याक नहुने निर्णय गरिएको बताइएको छ ।
बैठकमा माओवादी केन्द्रका साथै रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । वैठकमा राप्रपालाई भने नबोलाइएको बताइएको छ ।
यता सत्तापक्षले आज गृहमन्त्रीलाई जवाफका लागि सदनमा उभ्याउने तयारी गरेको छ । गृहमन्त्रीसहित प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको बैठकले गृहमन्त्रीले राजीनामा नदिने तर सदनमा विपक्षीले अवरोध गरेपनि बोल्ने निर्णय गरेको छ ।
























