घण्टीलाई बजाउन मात्र होईन, घण्टीले बजाउन पनि मिल्छ : रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पटकपटक मुद्दा परेपछि उनी आक्रोशित बनेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा आफूविरुद्ध मुद्दा हाल्ने उद्योग चलाइएको टिप्पणी गर्दै उनले घण्टीलाई बजाउन मात्र होइन, घण्टीले बजाउन पनि मिल्ने चेतावनी दिएका छन् ।