काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ भने राष्ट्रपतिमा कसलाई मत दिने भन्ने बारेमा भने निर्णय गरेको छैन ।
सभापति रवि लामिछानेको अध्यक्षतामा आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ भने राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको एक नेताले बताएका छन् ।