काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानेले अहिलेको छानविनले जनताले चाहेको जस्तो निष्कर्ष निकाल्न नसक्ने भन्दै संसदीय विशेष समिति बनाएर छानविन गर्न माग माग गरेका छन् । उनले यस प्रकरणमा बिभिन्न राजनीतिक दलमा आवद्ध व्यक्तिहरु र राज्यका बिभिन्न निकायहरुको नाम समेत आइरहेको अवस्थामा कसैलाइ विश्वास गर्न सक्ने अवस्था नरहेको जिकिर गरेका छन् । उनले यसमा नाम आएको व्यक्तिमाथि सोधपुछ र कारवाहीको दायरामा ल्याउन खुट्टा कमाउन नहुने बताएका छन् ।
लगतै सभामुख देवराज घिमिरेले रास्वपाले राखेका बिषयमा ध्यानआकर्षित भएको बताएका छन् ।