सामूहिक तरकारीखेती गर्न जमिन तयार गर्दै कृषक
भोजपुरको पौवादुङमा गाउँपालिका३ प्याक्लामा सामूहिक तरकारी लगाउन जमिन तयार गर्दै स्थानीय किसान । स्थानीयले बृज वृद्धि कृषक समूह दर्ता गरेर २२ रोपनीमा अर्गानिक तरकारीखेती गरिरहेका छन । नमूना खेतीलाई प्रोत्साहन गर्न गाउँपालिकाले रु ४ लाख आर्थिक सहयोग गरेको छ ।