ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःदय) रथ विधिवत रूपमा बिहीबार तान्दै गुठियार र स्थानीयवासी । गत वैशाख १८ र १९ गते तान्नुपर्ने रथ कोभिड१९ को सङक्रमण न्यूनीकरण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण रोकिएको थियो । अहिले पनि निषेधाज्ञा बाबजूद स्थानीय जनताको दबाबमा रथ तान्न सुरू गरेको हो । रथ गावहालसम्म पु¥याउने लक्ष राखिएको छ । जिल्ला प्रशासनले रथ तान्न रोक लगाएपछि प्रहरीसँग झडप भएको छ । प्रहरीले पानीको फोहोरा हान्नुका साथै अश्रुग्यास पनि हानेको छ । रातो मच्छिन्द्रनाथ रथयात्रासँग सरोकार राख्न दर्जनौ संघसंस्था, गुठीलगायत रथयात्राप्रति अनिविज्ञता प्रकट गरेका छन् ।
स्थानीय युवाहरुले बिहान ११ बजेदेखि नै रथ तान्न सुरु गरेपछि प्रहरीले कोरोना महामारीका बेला रथयात्रा नगर्न आग्रह गरेको थियो । प्रहरीको आग्रहलाई वेवास्ता गर्दै रथलाई तानेर पुल्चोकको मुल सडकमा पुर्याएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
झडपकै क्रममा स्थानीयले प्रहरी जवानलाई कुटपिट गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ भने पानीको फोहोरा पनि हानेको छ।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले प्रहरीले सम्झाई बुझाई गर्न खोजिरहेको र स्थानीयले अटेर गरेको बताएका छन्।
तस्बिरः रत्न श्रेष्ठ/रासस