उपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने कानून व्यवसायीको माग
काठमाडौं । राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनु पर्ने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । आइतबार संसद भवनस्थित राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कानून व्यवसायीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेलको ध्यानाकर्षण गराएका हुन् ।