काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे सुरु हुने वैठकमा पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिने बताइएको छ ।
गत फागुनदेखि वैशाखसम्म सञ्चालित ‘मिसन ग्रासरुट’ अभियानबाट प्राप्त परिणामका आधारमा यसलाई थप विस्तार गर्नेबारे पनि सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ।
त्यस्तै गत वैशाख २८ गतेदेखि ३० गतेसम्म बसेको एमाले केन्द्रीय कमिटीको बैठकले बनाएको वार्षिक कार्ययोजनालाई सचिवालय बैठकले अन्तिम रूप दिने छ ।
१९ सदस्यीय सचिवालयमा सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका कारण निलम्बन भएका छन् ।