काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
मोदीसँगको भेटवार्तापछि दिल्लीस्थित हैदराबाद होम्समा बिहीबार संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । मोदीले गत वर्ष लुम्बिनीको भ्रमण गरेका थिए ।




















