काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री आफ्नो पार्टी अफ्ठ्यारोमा अवस्थाबाट गुज्रिएको बताएका छन् ।
छापाखाना तथा सञ्चारसम्बद्ध संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनबाट जितेर संघदेखि प्रदेश स्थानीय तहसम्मको नेतृत्व लिँदा कार्यकर्ताको निराशा बदल्न नसकेको बताए ।
आमकार्यकर्ताको पार्टी नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएकाले पार्टीहितका लागि नेतृत्वदायी भूमिकाबाट बाहिर परे आफू तयार रहेको बताउँदै उनले सभापति शेरबहादुर देउवा यसका लागि तयार हुनुपर्ने बताए ।
सबैले नेतृत्वले ठिक ढंगसँग काम गर्न नसकेको गुनासो आइरहेको बताउँदै महामन्त्री थापाले भने, ‘हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ । पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न ? उहाँ तयार हुनुहुन्छ ?’
जहाँबाट समस्या भएको छ त्यहीँबाट समाधान नखोजे पार्टी बन्न नसक्ने उनको भनाइ छ ।
उनले काँग्रेसले मानिसहरुलाई भविष्यप्रति आश्वस्त पार्न सकेमा मात्रै नयाँ मानिसहरु पार्टीमा आउने बताए । उनले कांग्रेसको पुनःनिर्माण सम्भव भएको बताए ।
महामन्त्री थापाले नागरिकहरु कुशासन, भ्रष्टाचार र बेथितिका कुराहरुबाट आजित रहेको उल्लेख गर्दै काँग्रेसले यी तीन कुराहरुलाई हटाउँछ भन्ने विश्वास दिलाउन सक्नुपर्ने बताए ।