माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित छन्: केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागिपरेको आरोप लगाएका छन् । विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको अध्यक्ष ओलीको जिकिर थियो ।