काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले निष्क्रिय बनेको नागरिकता विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाएका छन् ।
अघिल्लो संसद्ले दुई पटक पारित गरेर पठाएपछि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले थन्काएको विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि भारत भ्रमणको पूर्व सन्ध्यामा प्रमाणीकरण गर्नुपर्ने बाध्यता के आइलाग्यो ? भन्दै प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् एमाले महासचिव पोखरेलले नागरिकता सम्वन्धमा सर्वोच्च अदालतको फैसलाले स्थापित गरेको भर्डिकलाई उपेक्षा गर्न नमिल्ने बताउँदै पूर्व राष्ट्रपतिज्यूले अघि सार्नुभएको गम्भीर प्रश्नहरुको उत्तर दिने कर्तव्यवाट सरकार र संसद भाग्न मिल्छ ? भन्दै प्रश्न गरेका छन् ।