काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध भएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता प्रमाणीकरण गरेपछि रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिएका हुन् ।
उनले भनेका छन्- नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।