काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् ।
बुधवार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री दाहालले बुधवारबाटै हुन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री दाहाल बुधवार चार दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै छन् । उनी २० गते स्वदेश फर्किने छन् ।