राष्ट्रपति पौडेललाई नागरिक अगुवाहरूको आग्रह : चुनाव गराउने दायित्वबाट सरकार विमुख नहोस्
काठमाडौं । विभिन्न क्षेत्रका प्रबुद्ध नागरिकहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी हालको राजनीतिक परिस्थितिमा सरकार निर्वाचन गराउने दायित्वबाट विमुख नहोस् भनी सचेत गराएका छन् । १४ जना नागरिक अगुवाहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गरी ज्ञापनपत्र बुझाउँदै लोकतान्त्रिक मूल्य, संवैधानिक संरचना