जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा तीनसदस्यीय आयोग गठन
काठमाडौँ । सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त जाँचबुझ आयोग गठन गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।