नेताहरू सरकारी र राजसी ठाँटमा लाग्दा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली
काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध कमजोर भएकै कारण पार्टी अहिले कमजोर अवस्थामा पुगेको बताएका छन्। एमालेको मधेस प्रदेश कमिटीले आयोजना गरेको ‘मिसन जागरण अभियान’को अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपमहासचिव ज्ञवालीले पार्टीको कार्यशैली जनपरिचालनभन्दा सरकारी शैलीतर्फ केन्द्रित