काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत असोज १९ गते सोमबार केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारहरुको मनोनयन दर्ता गरिने भएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सोमबार दिनको २ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म राष्ट्रिय सभागृहमा मनोनयन पत्र दर्ता गरिने जानकारी दिएका छन्। विज्ञप्तिमार्फत योग्य उम्मेदवारहरुले तोकिएको समय अवधिभित्र मनोनयन पत्र दर्ता गराउन अनुरोध गरिएको छ।
यस्तै अन्य निर्वाचन कार्यक्रम सम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने जनाइएको छ।





















