काठमाडौं । नेकपा एमालेको सम्पन्न केन्द्रीय कमिटी वैठकले मनोनित गरेका केन्द्रीय कमिटी सदस्यले आज शपथ लिँदैछन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार नवनियुक्त केन्द्रीय सदस्यलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार दिउँसो ३ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शपथ गराउनेछन्।
एमालेले यसअघि बिहीबार नै शपथ ग्रहण कार्यक्रम गर्ने तयारी गरेको थियो। तर, झापा विद्रोहका योद्धा घनेन्द्र बस्नेतको निधन भएपछि कार्यक्रम एक दिन सारिएको हो।
गत साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो। मनोनित हुनेमध्ये १३ जना अन्य राजनीतिक दलबाट एमालेमा आएका नेता छन् । एमाले विधानअनुसार केन्द्रीय कमिटीको १० प्रतिशत सदस्य मनोनित गर्न सकिने व्यवस्था छ।
आज शपथ लिने केन्द्रीय सदस्य :
काशीनाथ अधिकारी
देवराज घिमिरे
हरि रिजाल
पासाङ शेर्पा
नरेन्द्र भट्टराई
नाथुराम देवकोटा
धर्म गिरी
नारायण घर्ती
विद्यासुन्दर शाक्य
पाल्देन छोपाङ
विमला घिमिरे
श्रीमाया थकाली
जानुका सिंखडा
बिना बास्तोला
शान्तिलाल महत
विनोद पाण्डे
प्रेम दङ्गाल
पुष्पराज श्रेष्ठ
अन्य दलबाट एमालेमा आएका
मोहम्मद इस्तियाक राई
कौशिला खत्री
सुरेन्द्र उदास
दीपक खम्बु
जय गोदे
धर्मराज निरौला
प्रदीप यादव
अब्दुल हुसेन
डिबी कार्की
भवानी खापुङ
ददी चाम्लिङ
विनोद पहाडी
रामप्रित पासवान
ध्रुव विष्ट




















