काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५३औँ महासभामा सहभागी हुन आफू तान्जानिया जान लागेको विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।
सभामुख अर्याल आगामी आइतबार आईपीयूको महासभामा सहभागी हुन तान्जानिया प्रस्थान गर्दैछन्। भ्रमणबारे उनले राष्ट्रपति पौडेललाई जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ।
भेटका क्रममा अन्य समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ।




















