कांग्रेस केन्द्रीय समिति बैठक पुनः स्थगित
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैठक पुनः स्थगित भएको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको आज बिहान चितवनको रत्ननगरमा निधन भएपछि आज दिउँसो २ बजे बोलाइएको बैठक स्थगन गरिएको पार्टी कार्यालयले जनाएको छ ।