काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का युवा नेता तथा सांसद महेश बस्नेतले आफ्नो पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहने बताउनुभएको छ । उहाँले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै बस्नेतले भन्नुभयो “एउटै दल सधैँ प्रतिपक्षमा हुन्नन्, अहिले सत्तामा भएका दल भोलि प्रतिपक्षमा पुग्छन् भन्नेमा ध्यान जानुपर्छ ।”
उहाँले कुनै दलले आफ्ना सांसद्लाई कारवाही गर्दा तुरुन्त सदर हुने र अर्कोले गर्दा नहुने गरेको भन्दै आपत्ति जनाउनुभयो । उहाँले जुनसुकै पार्टीको नेता पनि सभामुख भएपछि सबै सांसदको अभिभावक हुनुपर्ने सुझाव पनि सभामुखलाई दिनुभयो ।