काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) का अध्यक्ष कमल थापाले शेरबहादुर देउवाको शासनबारे कडा टिप्पणी गर्नुभएको छ । उहाँले देउवा सरकारलाई भ्रष्ट र निर्लज्ज राजनीतिको ज्वलन्त नमूना भएको बताउनुभएको छ ।

देउवाले एमाले र जसपा फुटाएलगत्तै दल विभाजन अध्यादेश फिर्ता लिएकोप्रति टिप्पणी गर्दै थापाले लेख्नुभएको छ, ‘परमादेशबाट प्रधानमन्त्री नियुक्ति, त्यस्तो प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा पद नजाने आदेश, त्यतिले नपुगेर संसद बैठक अन्त्य गरेर भोलिपल्टै दल विभाजन गर्न सजिलो पार्ने अध्यादेश, दुईवटा दल फुटाएर विश्वास मत लिएपछि अध्यादेश फिर्ता । यही हो अग्रगमन, संविधान र लोकतान्त्रको रक्षा ?’ उहाँले सामाजिक सञ्जालमा अध्यादेश फिर्ता गरेकोमा आक्रोश व्यक्त गर्नुभएको छ ।