कतै बोकेर, कतै हेलिकोप्टरमार्फत् मतदानस्थल पुर्याइँदै निर्वाचन सामग्री
काठमाडौँ । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। देशका १६५ वटै निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुने भएकाले सम्बन्धित जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी, मतदान केन्द्र व्यवस्थापन र कर्मचारी परिचालन गरिएको छ। सो क्रममा मनाङको चामे गाउँपालिका-३ कोतोबाट