काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशमा सरकार निर्माणका लागि नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन्।
मसालका महामन्त्री मोहनविक्रम सिंहसँग भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशका विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ।
त्यस्तै, राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनका विरुद्ध हुने आन्दोलनमा समेत सहकार्य गर्ने सहमति भएको छ।
लुम्बिनी प्रदेशमा नेकपा मसालका एक जना सांसद छन्। उनको समर्थन सरकार गठनका लागि महत्वपूर्ण हुने देखिएको छ।




















