लकडाउनमा प्रदेश नं १ मा इन्धन र ग्यासको अभाव नहुने
विराटनगर । लकडाउनको समयमा इन्धन र ग्यासको अभाव हुन नदिने नेपाल आयल निगम प्रादेशिक नं. १ कार्यालय विराटनगरले जनाएको छ । कार्यालय प्रमुख अशोक साहले इन्धन र ग्यासको अभाव हुन नदिने बताउँदै यसमा आमउभोक्ताले चिन्ता नगर्न आग्रह गर्नुभएको छ ।