काठमाडौं । शुक्रबारदेखि लागू हुने गरी सरकारले यसअघि लगाइएको जोरविजोर प्रणाली हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज बसेको बैठकले जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।
काठाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर सबै यातायात सञ्चालन हुन पाइने छ ।
सुरक्षा समिति र यातायात व्यवसायीका प्रतिनिधिबीच भएको छलफलपछि यस्तो निर्णय गरिएको प्रजिअ पराजुलीले बताएका छन् ।
यसअघि जोर दिनमा जोर नम्बरका र विजोर दिनमा विजोर नम्बरका यातायात सञ्चालन हुँदै आएका थिए ।
कोरोना महामारीपछि काठमाडौंका सडकमा घटेको सवारी चाप दिनदिनै बढ्दै छ भने यात्रुको चाप अत्याधिक भएको छ । अब जोरविजोर प्रणाली हटेपछि सार्वजनिक सवारीमा यात्रुको चाप भने केही कम हुने बताइएको छ ।