काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले अर्का अध्यक्ष पुष्पकमल दाहालको कार्यकारी जिम्मेवारी खोसेको छ ।
बालुवाटारमा जारी बैठकले दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारबाट हटाएर अध्यक्ष केपी ओलीको मात्र हस्ताक्षर चल्ने निर्णय गरेको छ ।
नेकपाले पार्टीको आधिकारिकताका लागि ओली नेतृत्वको कमिटीको सबै विवरण समेत निर्वाचन आयोगमा बुझाएको जनाएको छ ।
त्यसतै प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्ज तोकेको छ ।
सचिवालय सदस्य ईश्वर पोखरेल बाहेक अरु इन्चार्ज स्थायी कमिटीबाट तोकिएका छन् ।
कुन नेता कुन प्रदेशको इन्चार्ज –
प्रदेश १ : सुवास नेम्वाङ
प्रदेश २ : सत्यनारायण मण्डल
वागमती : ईश्वर पोखरेल
गण्डकी : पृथ्वीसुब्बा गुरुङ
लुम्बिनी : शंकर पोखरेल
कर्णाली : मणी थापा
सुदूरपश्चिम : लेखराज भट्ट
जनवर्गीय संगठन : टोपवहादुर रायमाझी
राजधानी उपत्यका : कृष्णगोपाल श्रेष्ठ