ढलान गर्ने क्रममा खसेर मृत्यु
सिन्धुली । घरको छत ढलान गर्ने क्रममा वर्षासँगै परेको चट्याङको झड्का लाग्दा खसेर सिन्धुलीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका–४ देउरालीका ४२ वर्षीय वासु सापकोटा रहेका छन् । कमलामाई नगरपालिका–६ रातमाटास्थित घरको तेस्रोतला ढलान गर्ने