काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ९ गतेदेखि दोस्रो डोज दिइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने भएको हो ।
काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने उहाँले बताउनुभयो । खड्काका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।
























