काठमाडौँ । बाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई पदमुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई पदमुक्त गर्नुभएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको निर्णयका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवाले पदमुक्त गर्न सिफारिस गरेपछि प्रसाईलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
त्यसैगरी वाग्मती प्रदेशको रिक्त प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गर्नुभएको हो ।
नवनियुक्त प्रदेश प्रमुख शर्मा नेता माधवकुमार नेपालनिकट हुनुहुन्छ । ०६५ मा माधव नेपाल प्रधानमन्त्री हुँदा शर्मा स्वकीय सचिव बन्नुभएको थियो । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले एमाले सरकारले नियुक्त गरेका प्रदेश प्रमुख हटाउँदै नयाँ नियुक्त गरिरहेको छ ।